बंगलादेशका प्रथम राष्ट्रपति शेख मजिबुर रहमानको हत्या अभियुक्तलाई मृत्युदण्ड
<p>ढाका। बंगलादेशका प्रथम राष्‍ट्रपति शेख मजिबुर रहमानको हत्या अभियोगमा एकपूर्व सैनिक अधिकृतलाई मृत्युदण्ड दिइएको छ।</p>
<p>अब्दुल मजिद नामका ती सैनिक अधिकृतले सन् १९७५ मा रहमानको हत्या गरेका थिए। उनले गरेको क्षमादानको अपिल राष्‍ट्रपति अब्दुल हमिदले अस्वीकृत गरेपछि मजिदलाई मृत्युदण्ड दिइएको बीबीसीले जनाएको छ।</p>
<p>गत मंगलबार उनलाई पक्राउ गरिएको थियो। पूर्वराष्‍ट्रपति रहमान वर्तमान प्रधानमन्त्री शेख हसिनाका पिता हुन्। सन् १९७५ को सैनिक ‘कु’को क्रममा रहमानसहित परिवारका धेरै सदस्यको हत्या भएको थियो।</p>
<p>पाकिस्तानबाट छुट्टिएर बंगलादेशको स्थापना भएको चार वर्षपछि उनको हत्या भएको थियो।</p>
प्रतिक्रिया दिनुहोस्
