काठमाडौं। विश्वव्यापी महामारी बनेको कोभिड-१९ का कारण अहिले विश्वको आधा जनसंख्या घरभित्र सीमित बनेको छ। नेपाल पनि ११ चैतबाट बन्दाबन्दी (लकडाउन) मा गएको छ।

लकडाउन शुरू हुनुभन्दा एक साताअघि, ४ चैतदेखि नै अखिल नेपाल फुटबल संघ (एन्फा)ले कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि एन्फा सचिवालयसमेत बन्द हुनेगरी सम्पूर्ण फुटबल गतिविधि बन्द गर्ने निर्णय गरेको थियो।

तर, २० चैतमा आएर एन्फाले जिल्ला फुटबल संघहरूलाई इमेलमार्फत् पत्र पठाएर संघहरूको इतिहास, कार्यसमिति सदस्यको सूची, लोगो, एन्फासँग अनुबन्ध भएको मिति, जिल्ला संघको उपलब्धि, सम्पर्क ठेगानालगायतका विषय पठाउन भनेको छ।

झट्ट हेर्दा सामान्य लाग्छ, तर यसबाट कैयौं जिल्ला फुटबल संघहरू रूष्ट बनेका छन्। कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि लकडाउनको समयमा जिल्ला फुटबल संघका पदाधिकारीदेखि कर्मचारी सबै घरभित्र सीमित छन्। कतिपय जिल्लाका प्रतिनिधि जिल्ला बाहिर छन्। लकडाउनले गर्दा जो जहाँ थिए, त्यहीँ अल्झिएका छन्। यस्तो अवस्थामा एन्फाले लामो सूची पठाइदिन भनेर पत्र पठाउँदा के होला ?

ताप्लेजुङ जिल्ला फुटबल संघका अध्यक्ष बालकुमार साँवा परिवारभित्र पनि दूरी कायम गरेर बस्नु पर्ने अहिलेको अवस्थामा एन्फाको यस्तो निर्देशनबाट रुष्ट छन्। इमेल हेर्नेबित्तिकै एन्फा महासचिवलाई फोन गरेर यसबारे असन्तुष्टि पोखेका उनले देखापढीसँग भने, ‘‘आधा विश्व लकडाउनमा छ। यस्तो अवस्थामा एन्फाले पत्र पठाएर आठ बुदाँमा विवरण मागेको छ। आफैं कार्यालय बन्द गरेर घरमा बस्ने, हामीलाई चाहिँ काम गर भन्ने ? डकुमेन्ट खोज्न त अफिस खोल्नुपर्‍यो नि, सबैकुरा बोकेर हिडेको त हुन्न नि।’’

महामारीका बेला एन्फाले अह्राएको कामबारे उनको थप टिप्पणी छ, ‘‘अहिले आफ्नै परिवारका सदस्यहरू त दूरी कायम गरेर बस्नुपर्ने अवस्था छ। अफिसमा गएर काम गर्ने परको कुरा हो। शासकले नोकरलाई पनि यत्ति सारो पेल्दैन।’’

कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि लकडाउनको समयमा जिल्ला फुटबल संघका पदाधिकारीदेखि कर्मचारी सबै घरभित्र सीमित छन्। कतिपय जिल्लाका प्रतिनिधि जिल्ला बाहिर छन्। लकडाउनले गर्दा जो जहाँ थिए, त्यहीँ अल्झिएका छन्। यस्तो अवस्थामा एन्फाले लामो सूची पठाइदिन भनेर पत्र पठाउँदा के होला ?

नेपाली खेलकुदमा ‘झोले संघ’ निकै चलेको शब्द हो। राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा दर्ता भएका २०० भन्दा बढी संघमध्ये धेरैजसो झोलामै अट्ने टिप्पणी हुने गर्छ। अर्थात् एक पदाधिकारीको झोलामै सिंगो संघ अटेको हुन्छ। किनभने संघका सबै कामकारबाही त्यही झोलाबाट सञ्चालन हुन्छन्। जिल्लाहरूमा पनि त्यो भन्दा फरक स्थिति छैन। या बेग्लै हो कि एन्फा भने सबैभन्दा व्यवस्थित संघमध्ये पर्छ।

मकवानपुर जिल्ला फुटबल संघका महासचिव युनल मल्ल एन्फाले जिल्ला संघहरूलाई झोलाबाट चल्ने जस्तो सोच्न नहुने बताउँछन्।

‘‘अहिले पहिला जस्तो झोलामा बोकेर हिँड्ने चलन छैन। झोलामा बोकेर हिँड्ने समयमा सबै झोलामै हुन्थ्यो। केही वर्षयता हामीले अफिस स्थापना गरेका छौं। सबै कुरा अफिसमा हुन्छ। त्यसैले यस्तो अवस्थामा एन्फाले मागेको डकुमेन्ट उपलब्ध गराउन गाह्रो छ’’, मल्लले भने।

एन्फा महासचिव इन्द्रमान तुलाधरले भने सबै जिल्लालाई ल्यापटप वितरण गरिएको र इन्टरनेटमा बसेर गर्नुपर्ने काम भएकाले यो ठूलो विषय नभएको प्रतिक्रिया दिए। उनले भने, ‘‘अहिले सबैको पहुँचमा इन्टरनेट छ। एन्फाको वेबसाइटमा राख्नकै लागि ती विवरण मागिएको हो। हामीले यहाँ केन्द्रमा पनि अनलाइनमै काम गरिरहेका छौं। त्यसैले यो ठूलो इस्यू बनाउनु पर्ने विषय हो जस्तो लाग्दैन।’’

तुलाधरले सबैको पहुँचमा इन्टरनेट हुने बताए पनि जुम्ला फुटबल संघका अध्यक्ष भरत बुड्थापाले एन्फाको पत्रबारे आफूलाई केही जानकारी नभएको बताए। बरू उनले एन्फाले जिल्लालाई बेवास्ता गरेको भन्दै उसको रवैयाप्रति आपत्ति जनाए।

लकडाउनका कारण नेपालगञ्जमै अड्किएका उनले भने, ‘‘त्यसबारे मलाई केही जानकारी छैन। जिल्ला जानै पाएको छैन। अहिले एन्फामा चाकडी चाप्लुसी गर्नेको कुरामात्र सुन्ने प्रवृति बढेको छ। यसलाई चिर्नुपर्छ। साधारण सभा त आओस्, सबको भन्डाभोर गर्नेछु।’’

तत्कालीन एन्फा अध्यक्ष गणेश थापाविरुद्ध आर्थिक पारदर्शिता र सामूहिक नेतृत्वको अभ्यास नभएको भन्दै चेन्ज एन्फाको नारा लगाएर कर्मा छिरिङ शेर्पाको प्यानलले एन्फा निर्वाचनमा क्लिन स्विप गरेको थियो। अहिले त्यही प्यानलभित्रै फाटो आएको छ। चेन्ज एन्फाको अभियानमा सँगै रहेका नवीन पाण्डे अलग्गिइसकेका छन् भने वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ पनि अहिले रुष्ट छन्। निर्वाचनताकाका अर्का खेलाडी टासी घले पनि एन्फा नेतृत्वसँग रूष्ट छन्। टीमभित्र नै फाटो आएका बेला जिल्ला संघहरू पनि रूष्ट बन्दै गएका छन्।

एन्फाका बरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ अपडेट गर्ने कार्य राम्रो भए पनि समय गलत भएको बताउछन्। नेम्वाङले भने, ‘‘अपडेट गर्ने कार्य त पहिले नै गर्नु पर्ने हो। काम ठिक भए पनि समय उपयुक्त भएन। अहिले कतिपय जिल्ला संघहरूले राहत तथा महामारी जोखिम न्यूनीकरणका लागि काम गरिरहेका छन्। त्यसलाई प्रोत्साहन पो गर्नुपर्ने हो।’’

बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले केन्द्रले विभिन्न बहाना बनाएर जिल्लालाई दबाब दिन खोजेको बताए। कोभिड–१९ महामारीका कारण अहिले देश जुन अवस्थाबाट गुज्रिएको छ, त्यस्तो अवस्थामा एन्फाको कदम उपयुक्त नभएको उनको टिप्पणी छ। ‘‘जे जे कुरा माग गरिएको छ, त्यो हामीले पहिल्यै पठाइसकेका छौं। एन्फाले के गर्न खोज्या हो हामी आश्चर्यमा छौं’’, शाहीले थपे, ‘‘केन्द्रको रवैयाबाट जिल्लाहरू सन्तुष्ट छैनन्। यस्तो अवस्थामा सबैको घरमा इन्टरनेट होला नहोला, घरमै सबै डकुमेन्ट होला नहोला। विभिन्न बहाना बनाएर जिल्लालाई दबाब दिन खोजिएको जस्तो छ।’’

ताप्लेजुङका अध्यक्ष सावाँले त समय मात्र उपयुक्त नभएको नभई एन्फा उल्टो बाटो हिंड्न खोजेको आरोप लगाए। जिल्लालाई आधिकारिकता दिने काम केन्द्रको भएको भन्दै सावाँले जिल्लासँग विवरण माग्नु हास्यास्पद भएको बताए।

‘‘जन्म दिने बा–आमाले पो स्याहारसुसार गरेर, न्वारान गरेर नाम दिन्छ। कुण्डली बनाउछ। त्यही कुरा यहाँ माग गरिएको छ। उनीहरूले नै जिल्ला निर्वाचन गराएर त्यहाँबाट प्रतिनिधि चुनेर केन्द्रको निर्वाचन गरेर कार्यसमिती आएको छ। त्यसमै टेकेर उनीहरू पदमा छन्। फेरि त्यही कुरा माग्दैछन्। न्वारानदेखि अहिलेसम्मको विवरण पेश गर भनेका छन्’’, साँवाले भने, ‘‘यस्तो अवस्थामा एन्फाले जुन कुरा लाद्ने प्रयास गरेको छ। त्यसमा हाम्रो गम्भीर आपत्ति छ। हामी यसमा खेद प्रकट गछौं।’’

एन्फा महासचिव तुलाधरले भने वेबसाइटमा राख्ने भएकाले केही कुराहरू छुट्न सक्ने भएका कारण जिल्लासँग विवरण मागिएको बताए। उनले थपे, ‘‘केन्द्रसँग नभएको भन्ने होइन। तर वेबसाइटमा राख्नका लागि केही कुरा छुटेका छन् कि भनेर हामीले मागेका हौं। कतिपय कुरा हामीसँग नहुन पनि सक्छ।’’

मकवानपुर जिल्ला फुटबल संघका महासचिव मल्लले पनि जिल्ला संघहरूको डकुमेन्ट पहिल्यै एन्फामा रहेको बताए। मल्लले भने, ‘‘भन्ने नै हो भने त फुटबलमा धेरै बेथिति छन्। तर आफैं खेलाडी हुँदै यहाँसम्म आइपुगेको हुँदा मलाई फुटबलको असाध्यै माया लाग्छ। त्यसैले केही हुन्छ कि भन्ने आशामा चुप लागेर बसिरहेका छौं।’’

" /> काठमाडौं। विश्वव्यापी महामारी बनेको कोभिड-१९ का कारण अहिले विश्वको आधा जनसंख्या घरभित्र सीमित बनेको छ। नेपाल पनि ११ चैतबाट बन्दाबन्दी (लकडाउन) मा गएको छ।

"> महामारीका बेला एन्फाको ‘रमिता’: Dekhapadhi
महामारीका बेला एन्फाको ‘रमिता’

प्रतिक्रिया दिनुहोस्