काठमाडौं। स्थानीय वायुको प्रभावले आज साँझपख देशका धेरैजसो स्थानमा मेघगर्जन, हावाहुरी, चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
स्थानीय वायुको प्रभावसँगै प्रिमनसुन सक्रिय भएकाले मौसमी गतिविधि बढेको मौसमविद् राजु प्रधानाङ्गले बताए।
उनका अनुसार यस प्रणालीको प्रभावले आज उपत्यकासहित देशको धेरै स्थानमा मेघगर्जन, हावाहुरी, चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।
मौसमी प्रणालीको असर आज रातिसम्म मात्र कायम रहने जनाइएको छ। प्रिमनसुको गतिविधि भएकाले यसको प्रभाव लामो समय नरहने मौसमविद्को भनाइ रहेको छ। रासस
" /> काठमाडौं। स्थानीय वायुको प्रभावले आज साँझपख देशका धेरैजसो स्थानमा मेघगर्जन, हावाहुरी, चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।स्थानीय वायुको प्रभावसँगै प्रिमनसुन सक्रिय भएकाले मौसमी गतिविधि बढेको मौसमविद् राजु प्रधानाङ्गले बताए।

">