चितवनमा पाैडी खेल्ने क्रममा बेपत्ता भएका व्यक्तिकाे शव फेला <p>चितवन। पाैडी खेल्ने क्रममा बेपत्ता भएका भरतपुर महानगरपालिका-२, क्षेत्रपुरका १८ वर्षीय सुनिल लामाकाे शव फेला परेकाे छ।</p> <p>आज सशस्त्र प्रहरीकाे टाेलीले भरतपुर-१, जाेरकुसुमपार्कस्थित नारायणी नदीबाट लामाकाे शव निकालेकाे हाे।</p> <p>सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारबाट खटिएकाे गाेताखाेरसहितकाे टाेलीले उनकाे शव निकालेकाे सशस्त्र प्रहरीले जनाएकाे छ।</p>
प्रतिक्रिया दिनुहोस्