नेपाली सेनाका प्रमुख सेनानीको शव लिन श्री एयरलायन्सको जहाज सुडान उड्यो

काठमाडौं। सुडानमा हृदयघातका कारण मृत्यु भएका नेपाली सेनाका प्रमुख सेनानीको शव लिन श्री एयरलायन्सको जहाज सुडान प्रस्थान गरेको छ।

संयुक्त राष्‍ट्रसंघले जहाज चार्टर्ड गरेर पठाउन भनेपछि नेपाली सेनाले श्री एयरलायन्सको जहाज पठाएको हो।

“शव घरसम्म पुर्‍याउने सबै व्यवस्थापन यूएनले नै ब्यहोर्छ,” नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले भने, “त्यसैअनुसार यहाँबाट जहाज गएको हो।”

प्रमुख सेनानी रिदेश विष्टको शव डाफोरबाट राजधानी खार्तुम ल्याइएको छ। भोलि दिउँसोसम्म शव नेपाल आइपुग्‍नेछ।

१७ चैतमा हृदयघातका कारण उनको मृत्यु भएको थियो। नौ महिनादेखि सुडान मिसन मुख्यालयमा उनी स्टाफ अफिसरका रूपमा कार्यरत थिए।

प्रतिक्रिया दिनुहोस्