गोरु काटेको आरोपमा पोखराबाट दुईजना पक्राउ <p>कास्की। पोखरामा गोरु काटेको आरोमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।</p> <p>पोखरा महानगरपालिका-३३ छप्ल्याङको चालिसेमा गोरु काटेको आरोपमा पोखरा-३२ लामेआहालका २७ वर्षीय अनिष भुजेल र छप्ल्याङका ३७ वर्षीय सञ्जय कार्कीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।</p> <p>उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान थालिएको छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्