डढेलोमा जलेर लमजुङमा चारजना घाइते
<p>लमजुङ। दोर्दी गाउँपालिका-३ केराबारी सामुदायिक वनमा लागेको डढोलोमा परी चारजना जलेर घाइते भएका छन्।</p>
<p>जंगलको बाटो हुँदै भोटेओडारतर्फ जाँदै गरेका दूधपोरी गाउँपालिका-६ ओखरेगाउँका १७ वर्षीया पूजा गुरुङ, २८ वर्षीया हरिमाया गुरुङ, १० वर्षीया रश्मी गुरुङ र पाँच वर्षीया अस्मी गुरुङ घाइते भएको प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले बताए।</p>
<p>आगोले हातखुट्टा पोलेर घाइते भएका सबैजनाको सामुदायिक अस्पताल लमजुङमा उपचार भइरहेको छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्
