नेपाल प्रहरीका १० एसएसपी डीआईजीमा बढुवा सिफारिस <p>काठमाडौं। नेपाल प्रहरीका १० एसएसपीहरु डीआईजी मा बढुवाका लागि सिफारिस भएका छन् ।</p> <p>गृह मन्त्रालयलका अनुसार हिजो बसेको बढुवा समितिको बैठकले उनीहरूलाई सिफारिस गरेको हो।</p> <p>एसएसपी धनश्याम अर्याल बढुवा सिफारिसमा पहिलो नम्बरमा परेका छन्।</p> <p>सिफारिसमा पर्ने अन्य एसएसपी प्रकाशजंग कार्की, बसन्तकुमार पन्त, ईश्वरबाबु कार्की, सहकुल बहादुर थापा, धिरजप्रताप सिंह, बसन्तकुमार लामा,रविन्द्रबहादुर धानुक,उत्तम सुवेदी र अरुण कुमार बिसी छन्।</p>
प्रतिक्रिया दिनुहोस्