काठमाडौं। बार्सिलोनाका ६ जना बोर्ड सदस्यले पदबाट संयुक्त राजीनामा दिएका छन्। उनीहरूले अध्यक्ष जोसेप मारिया बार्टोमेउको कार्यशैलीमा असहमति जनाउँदै राजीनामा दिएका हुन्।
उनीहरूले संयुक्त वक्तव्य जारी गर्दै कोरोना भाइरस संक्रमणले क्लबमा पर्न सक्ने वित्तीय संकटबारे चिन्ता व्यक्त गरेका छन्। उनीहरूले फेब्रुअरीमा सामाजिक सञ्जालमा आफ्नै खेलाडीमाथि आक्रमण गर्न एक कम्पनीलाई प्रयोग गरेको घटनाको पनि निन्दा गरेका छन्। तथापि क्लबले उक्त समाचार झुटो भएको बताएको थियो।
राजीनामा दिएकाहरूले बार्सिलोनामा नयाँ अध्यक्षको चुनाव गर्न आह्वान गरेका छन्।
राजीनामा दिनेमा क्लबको चार उपाध्यक्ष मध्येका दुई इमिली रोउसाउड र इनरिके टोमबसका साथै चार निर्देशक सिल्भो इलियास, जोसेप पोन्ट, जोर्डी काल्सामिग्लिया र मारिया टेइजिडोर छन्।
“भविष्यमा गर्नुपर्ने महत्त्वपूर्ण चुनौती तथा विशेष गरी यो महामारीपछि आउन सक्ने चुनौतीको सामना गर्न क्लबले जुन बाटो अपनाउनु पर्ने हो त्यसमा हामीले नेतृत्वलाई सम्झाउन सकेनौं”, ६ जनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “भविष्यमा आउन सक्ने अप्ठ्यारा परिस्थितिमा क्लबलाई उचित व्यवस्थापन गर्नका लागि चाँडोभन्दा चाँडाे चुनाव गर्नका लागि हामी आह्वान गछौं।”
" /> काठमाडौं। बार्सिलोनाका ६ जना बोर्ड सदस्यले पदबाट संयुक्त राजीनामा दिएका छन्। उनीहरूले अध्यक्ष जोसेप मारिया बार्टोमेउको कार्यशैलीमा असहमति जनाउँदै राजीनामा दिएका हुन्।उनीहरूले संयुक्त वक्तव्य जारी गर्दै कोरोना भाइरस संक्रमणले क्लबमा पर्न सक्ने वित्तीय संकटबारे चिन्ता व्यक्त गरेका छन्। उनीहरूले फेब्रुअरीमा सामाजिक सञ्जालमा आफ्नै खेलाडीमाथि आक्रमण गर्न एक कम्पनीलाई प्रयोग गरेको घटनाको पनि निन्दा गरेका छन्। तथापि क्लबले उक्त समाचार झुटो भएको बताएको थियो।

">