काठमाडौं । नेपालयले सञ्चालन गर्दै आएको सांगीतिक कार्यक्रम पलेँटीमा संग्रहित गीतहरू केही वर्षदेखि युट्युबमा अपलोड गर्दै आएको थियो।
केही महीनादेखि भने २०१९ मा आयोजित पलेँटी कार्यक्रमका पूरै कार्यक्रमलाई शृंखलाबद्धरूपमा सार्वजनिक गर्दै आइएको छ।
यसै क्रममा संगीतकार आभास, गीतकार श्रवण मुकारुङका सिर्जनामा आधारित रहेर गायक डा. सुमन थापाद्वारा केही समय अघि पलेँटीमा प्रस्तुत कार्यक्रमको पहिलो भाग सार्वजनिक भएको छ। सो कार्यक्रमको लाइभ रेकर्डिङ ४ भागमा सम्पादन गरी हरेक हप्ता धारावाहिकरूपमा पलेटीँको युट्युब च्यानलमा उपलब्ध हुने नेपालयले जनाएकाे छ।
अबका केही साता पलेँटीको च्यानलमा डा. सुमन थापाका नयाँ गीतहरू सँगै क्रमशः उनको सांगीतिक र पेशागत अनुभव सुन्न, हेर्न सकिनेछ। यस शृंखलामा डा. थापाले गाएका धेरैजसो गीत कवि श्रवण मुकारुङले लेखेका छन्।
डा. थापा पेशाले नेत्र विशेषज्ञ हुन्।
" /> काठमाडौं । नेपालयले सञ्चालन गर्दै आएको सांगीतिक कार्यक्रम पलेँटीमा संग्रहित गीतहरू केही वर्षदेखि युट्युबमा अपलोड गर्दै आएको थियो।केही महीनादेखि भने २०१९ मा आयोजित पलेँटी कार्यक्रमका पूरै कार्यक्रमलाई शृंखलाबद्धरूपमा सार्वजनिक गर्दै आइएको छ।

">