पूर्वडीआइजी भन्छन्- 'प्रहरीको कार्यकारी भूमिकामा गृह मन्त्रालय हावी भो'

काठमाडौं। पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) हेमन्त मल्ल ठकुरीले नेपाल प्रहरीको कार्यकारी भूमिकामा गृह मन्त्रालय हावी भएको र त्यसले प्रहरीको कामकारवाहीमै दूरगामी असर पर्ने बताएका छन्।

सुरक्षा र प्रहरीसम्बन्धी विषयमा आफ्नो धारणा सार्वजनिक गरिरहने मल्लले आज ट्विटरमार्फत् यस्तो टिप्पणी गरेका हुन्। प्रहरीमा पछिल्लो समय डीआईजीको दरबन्दी कटौतीसम्बन्धी विषयले ठूलो तरंग ल्याएको छ।

गृह मन्त्रालयले एकाएक ठूलो संख्यामा डीआईजीको दरबन्दी कटौती गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पुर्‍याएपछि प्रहरीको ठूलो पंक्ति असन्तुष्ट हुन पुगेको छ।

"प्रहरी प्रधान कार्यालयलाई संवैधानिक भूमिकामा धकेल्दै जाने र गृह कार्यकारी भूमिकामा हावी हुँदै जाने हो भने," उनले लेखेका छन्, "प्रहरीको कामकारवाहीमा समेत दूरगामी असर पार्नेछ।"

पूर्वडीआईजी ठकुरीले प्रहरीमा भइरहेको दरबन्दी कटौती पनि अनुचित भएको टिप्पणी गरेका छन्। उनले लेखेका छन्, "प्रहरीमा भइराखेको डाउन साइजिङ होइन, यो त रङ साइजिङ भइराखेको छ।"

प्रतिक्रिया दिनुहोस्