काठमाडौं। प्रहरी कल्याण कोषले प्रहरी अस्पताललाई दुई करोड रूपैयाँ उपलब्ध गराएको छ।
पूर्वप्रहरी तथा बहालवाला प्रहरी र परिवारको उपचारमा सहजता होस् भनेर उक्त रकम उपलब्ध गराइएको हो।
नेपाल प्रहरी अस्पताल महाराजगञ्जजको ३६औं वार्षिकोत्सव समारोहमा प्रहरी प्रधान कार्यालय कल्याण कोष महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक टेकबहादुर तामाङले अस्पतालका प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहलाई रकम हस्तान्तरण गरेका हुन्।
कार्यक्रममा अस्पताल प्रमुख सिंहले विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को महामारी नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनको समयमा समेत उच्च जोखिमका बाबजुद प्रहरी अस्पतालका कर्मचारीहरूले सेवा प्रदान गर्दै आएको उल्लेख गरिन्।
उनले अहिलेको संवेदनशील अवस्थामा उपलब्ध स्रोत साधनको उचित प्रयोग गरी दृढ विश्वास र निस्वार्थ भावनासहित मानवीय सेवा प्रवाह गर्नुपर्नेमा जोड दिइन्।
उनले विषम परिस्थितिमा सामूहिक भावना, सहकार्य र उच्च संवेदनशीलताका साथ अस्पतालको लक्ष्य हासिल गर्नेतर्फ अग्रसर हुन अस्पतालमा कार्यरत प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएकी छिन्।
समारोहमा लामो समयासम्म अस्पतालमा सेवा गर्ने प्रहरी कर्मचारीलाई कदरपत्र, उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारीलाई नगद तथा प्रमाणपत्र र उत्कृष्ट विभागलाई प्रशंसापत्र प्रदान गरिएको थियो।
अस्पतालको विविध गतिविधि र स्वास्थ्यमूलक लेख समेटेर प्रकाशित ‘अस्पताल दर्पण-२०७६’ लोकार्पण गरिएको छ।
" /> काठमाडौं। प्रहरी कल्याण कोषले प्रहरी अस्पताललाई दुई करोड रूपैयाँ उपलब्ध गराएको छ।पूर्वप्रहरी तथा बहालवाला प्रहरी र परिवारको उपचारमा सहजता होस् भनेर उक्त रकम उपलब्ध गराइएको हो।

">