कैलालीमा सुन पसल चोरीमा संलग्न बाबुछोरा पक्राउ
<p>कैलाली। हिजो, २६ चैत राति धनगढीको प्रिया सुनचाँदी पसलमा चोरीमा संलग्‍न बाबुछोरा सामानसहित पक्राउ परेका छन्।</p>
<p>पक्राउ पर्नेमा कारागार रोडका ४५ बर्षीय पप्पु गुप्ता र उनका छोरा २० बर्षीय पवन गुप्ता रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी दक्षकुमार बस्नेतले जानकारी दिए।</p>
<p>बस्‍नेतका अनुसार उनीहरूले सुन पसलबाट चोरेको गहना घरको छतमा रहेको पानी ट्याङकीभित्र लुकाएर राखेको अवस्थामा बरामद गरिएको छ।</p>
<p>चोरीमा संलग्‍न पप्पु यसअघि पनि सार्वजनिक र लागु औषधको मुद्धामा पटक-पटक पक्राउ परेका व्यक्ति हुन्।</p>
प्रतिक्रिया दिनुहोस्
