क्लिन्टन-लेबेन्स्की काण्ड सार्वजनिक गर्ने लिन्डा ट्रिपको निधन
<p>वासिङ्टन। तत्कालीन अमेरिकी राष्ट्रपति बिल क्लिन्टन र मोनिका लेवेन्स्कीबीचको प्रेम सम्बन्ध सार्वजनिक गरेकी लिन्डा ट्रिपको निधन भएको छ। उनी ७० वर्षकी थिइन्।</p>
<p>समाचार एजेन्सीहरूका अनुसार उनी प्यांक्रियाटिक क्यान्सरबाट पीडित थिइन्। सन् १९९८ मा उनले लेवेन्स्कीसँगको प्रेम सम्बन्ध सार्वजनिक गरेपछि तत्कालीन राष्ट्रपति क्लिन्टनको पद धरापमा परेको थियो। सोही काण्डका कारण क्लिन्टनले महाअभियोगको सामना पनि गर्नु परेको थियो।</p>
<p>क्लिन्टन-लेवेन्स्की काण्ड सार्वजनिक गरेलगत्तै उनलाई पेन्टागनले जागिरबाट हटाएको थियो। सन् २००१ यता उनी भर्जिनियामा आफ्ना पतिसँग पसल खोलेर बस्दै आएकी थिइन्।</p>
प्रतिक्रिया दिनुहोस्
