काठमाडौं। नेपाली सेनाका १५२ जना अधिकृत क्याडेटहरूलाई सहयाक सेनानी दर्ताको आयुक्त पद प्रदान गरिएको छ।
प्रधानसेनापति पूर्णचन्द्र थापाले आज भक्तपुरको खरिपाटीस्थित सैनिक प्रतिष्ठानमा सञ्चालित सि.सं. ५८ अधिकृत क्याडेट तालिमका पूरा गरेका १४ महिला, ११४ पुरुष, चार विदेशी, सि.सं. ४८ पदिक/हुद्दा अधिृकत क्याडेट तालिमका १८ र श्रीलंकामा तालिम पूरा गरी स्वदेश फिर्ता भएका सि.सं. ५५ का दुई जना गरी १५२ जनालाई सहायक सेनानी दर्जाको आयुक्त पद प्रदान गरेका हुन्।
उक्त अवसरमा प्रधानसेनापति थापाले सि.सं. ५८ अधिकृत क्याडेट तालिममा प्रथम हुने सुरेन्द्रबहादुर बोहरा तथा सि.सं. ४८ पदिक/हुद्दा अधिकृत क्याडेट तालिममा प्रथम हुने सन्तमान श्रेष्ठलाई ‘स्वार्ड अफ अनर’ प्रदान गरे।
यसैगरी, अधिकृत क्योडट तालिममा महिलातर्फ प्रथम हुने कृपा अधिकारीलाई ‘क्यान अफ अनर’ र ‘बेस्ट इन एकाडेमिक अवार्ड’ प्रदान गरे। केन्याबाट सहभागी भएका अधिकृत क्याडेट किपकिरुई रुट्टो बेनार्डलाई ‘दि बेस्ट इन्टरनेसनल अफिसर क्याडेट’ प्रदान गरे।
प्रधानसेनापति थापाले नवआयुक्त अधिकृतहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको सम्बोधन वाचन गरेर सुनाएका थिए। सम्बोधनमा प्रधानमन्त्री ओलीले नवआयुक्त अधिकृतहरूलाई तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई दिँदै तालिमको दौरान क्याडेटहरूले देखाएको सहनशीलता, कठिन परिश्रम र दृढताको प्रशंसा गरेका थिए।
सन्देशमा उनले राष्ट्रिय एकता र राष्ट्रिय हितको संरक्षण गर्ने कार्यमा नेपाली सेनाले विगतदेखि नै उल्लेखनीय कार्य गर्दै आइरहेको र सेनाले सदैव संवैधानिक सरकारको मातहत र निर्देशनमा आफूलाई व्यावसायिक र मर्यादित संगठनको रूपमा स्थापित गर्दै आएको बताएका थिए।

सन्देशमा प्रधानमन्त्री ओलीले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्न हालका दिनमा नेपाली सेनाले खेलेको भूमिकाको स्वागत गरेका छन्।
चीनबाट नेपालीहरूलाई उद्धार गरी ल्याउन, भक्तपुर खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा उनीहरूलाई राख्नको लागि बासस्थानको निर्माण गर्न एवम् क्वारेन्टाइन अवधिभर उनीहरूको स्वास्थ्य, सरसफाइ तथा खानपीनको उचित व्यवस्था गर्न सेनाले खेलेको भूमिका प्रशंसायोग्य रहेको उल्लेख गरेका छन्।
समारोहमा प्रधानसेनापति थापाले नवआयुक्त अधिकृतहरूलाई बधाई तथा शुभकामना दिँदै आफू र मातहतका जवानको सुरक्षा सुनिश्चित गर्दै राष्ट्र र जनताको विश्वास एवं भरोसामाथि खरो रूपमा उत्रिनेमा पूर्ण विश्वास व्यक्त गरे।
हाल विश्वमा महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसको सम्भावित संक्रमणलाई मध्यनजर गरि अत्यावश्यक सीमित व्यक्तिको उपस्थितिमा आवश्यक सुरक्षात्मक उपाय अपनाएर उक्त समारोहको आयोजना गरिएको सेनाले जनाएको छ।
" /> काठमाडौं। नेपाली सेनाका १५२ जना अधिकृत क्याडेटहरूलाई सहयाक सेनानी दर्ताको आयुक्त पद प्रदान गरिएको छ।प्रधानसेनापति पूर्णचन्द्र थापाले आज भक्तपुरको खरिपाटीस्थित सैनिक प्रतिष्ठानमा सञ्चालित सि.सं. ५८ अधिकृत क्याडेट तालिमका पूरा गरेका १४ महिला, ११४ पुरुष, चार विदेशी, सि.सं. ४८ पदिक/हुद्दा अधिृकत क्याडेट तालिमका १८ र श्रीलंकामा तालिम पूरा गरी स्वदेश फिर्ता भएका सि.सं. ५५ का दुई जना गरी १५२ जनालाई सहायक सेनानी दर्जाको आयुक्त पद प्रदान गरेका हुन्।

">