जाली राहदानी प्रयोगको आरोप लागेका रोनाल्डिन्हो जेलबाट रिहा
काठमाडौं। ब्राजिलियन फुटबल स्टार रोनाल्डिन्हो र उनका भाई  पाराग्वेको जेलबाट छुटेका छन्।

पाराग्वेको अदालतले रोनाल्डिन्हो र उनका भाईलाई जेल मुक्त गर्ने निर्णय गरेसँगै हिजो, २५ चैतमा उनी जेलबाट छुटेका हुन्।

न्यायाधीश गुस्ताभो अमरिल्लाले उनीहरू असुनसियनको एक होटलमा बस्न सक्ने निर्णय सुनाएका हुन्।

रोनाल्डिन्हो र उनका भाई रोबेर्टो जाली राहदानी प्रयोग गरेको ओरोपमा पाराग्वे राजधानीबाट पक्राउ परेका थिए।

दुवैजनालाई छ महीना जेल सजाय हुने भनिएको थियो।

रोनाल्डिन्होका वकीलले १६ लाख डलर धरौटीका लागि बुझाएका छन्।

कोरोना भाइरस संक्रमणबाट बच्न पाराग्वेको राजधानी आफैँ अहिले लकडाउनबाट गुज्रिरहेको छ।

प्रतिक्रिया दिनुहोस्