धरानको प्रयोगशालामा जाँच गरिएका ९० मध्ये ८५ जनाको रिपोर्ट नेगेटिभ, बाँकी परीक्षण हुँदै
विराटनगर। प्रदेश १ मा बेड संख्यासंगै क्वारेन्टाइनमा बस्ने सर्वसाधारणको संख्या पनि थप भएको छ।

हिजो, २५ चैतसम्म यहाँ क्वारेन्टाइनको बेड संख्या चार हजार ११५ पुगेको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कोरोना सूचना डेस्कका अनुसार २४ चैतसम्म २५१ क्वारेन्टाइन स्थल रहेकोमा हिजो तीन वटा थप भई २५४ पुगेको छ।

क्वारेन्टाइनमा बस्नेको संख्या पनि थप भएको छ । सरकारले तोकेका केन्द्रहरुमा दुई हजार ८८५ जना क्वारेन्टाइनमा बसेका छन्।

हिजो दुईजना महिलासहित ४० जना क्वारेन्टाइनमा थप भएका हुन्।

यस प्रदेशमा ९० जनाको ‘थ्रोट स्वाब’ संकलन गरी परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रहेको प्रयोगशाला पठाइएको छ।

तीमध्ये ८५ जनाको रिर्पोट नेगोटिभ आएको छ। बाँकीको परीक्षणकै क्रममा छ।

प्रतिक्रिया दिनुहोस्