कैलाली। सशस्त्र प्रहरीले अवैध हतियारसहित कैलालीको गोदावरी नगरपालिकाका एक जना वडा अध्यक्षको गाडी नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरीबाट खटिएको मोबाइल टोलीले दुई थान अवैध बन्दुकसहित गोदावरी नगरपालिका १० का वडाध्यक्ष रवीन्द्र शाहीको गाडी नियन्त्रणमा लिएको हो।
गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक वीरबहादुर साहुले डिएल ३०० आर ३९९७ नम्बरको भारतीय गाडी र बन्दुक लगायतका समग्री नियन्त्रणमा लिएको जानकारी दिए।
उनको साथबाट प्वाइन्ट टु-टु एल आर एक थान र त्यको गाेली १४ वटा बरामद गरिएको छ।
यसैगरी, एयरगन एक थान र त्यसको छर्रा १९६ वटा बरामद भएको एसपी साहुले बताए।
शाहीको साथबाट ८२ हजार नगद, मेगा बैंक, हिमालयन बैंक, गरिमा विकास बैंक र आरबीएम इण्डियन बैंकको एक/एक थान एटीएम कार्ड पनि बरामद गरिएको छ।
यसैगरी, एनआईशी एशिया बैंकको दुई थान एटीएम, आईएमई कार्ड एक थान र अन्य कागजातहरू समेत बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ।
" /> कैलाली। सशस्त्र प्रहरीले अवैध हतियारसहित कैलालीको गोदावरी नगरपालिकाका एक जना वडा अध्यक्षको गाडी नियन्त्रणमा लिएको छ।सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरीबाट खटिएको मोबाइल टोलीले दुई थान अवैध बन्दुकसहित गोदावरी नगरपालिका १० का वडाध्यक्ष रवीन्द्र शाहीको गाडी नियन्त्रणमा लिएको हो।

">