काठमाडौं। कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा संघीय संसद्का सभामुख, अध्यक्ष, उपाध्यक्ष, सांसद र कर्मचारीहरूका तर्फबाट एक करोड एक लाख ३२ हजार ८०० रूपैयाँ सहयोग गरिएको छ।
उक्त रकम कोषको खातामा आजै जम्मा गरिएको छ।
प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले समान ६७ हजार ३२० रूपैयाँ कोषका लागि प्रदान गरेका छन्।
राष्ट्रिय सभाकी उपाध्यक्ष शशीकला दाहालले भने ७० हजार ७३० रूपैयाँ कोषमा जम्मा गरेको संघीय संसद् सचिवालयले जनाएको छ।
संसद् सचिवालयका अुनसार नेकपा संसदीय दल (१९५ सदस्य) को तर्फबाट ६३ लाख दुई हजार ५९०, संघीय समाजवादी फोरमका सांसद प्रदीप यादवले ६४ हजार ७० र राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले ३२ हजार ३५ रूपैयाँ कोषका लागि योगदान गरेका छन्।
यसैगरी, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष/उपाध्यक्ष र सदस्यका निजी सचिवायका कर्मचारीका तर्फबाट २१ लाख ४६ हजार ८५६ रूपैयाँ कोषमा जम्मा भएको छ।
संसद् सचिवालयका स्थायी कर्मचारीको तर्फबाट ११ लाख १७ हजार ९७९ र करार कर्मचारीको तर्फबाट दुई लाख ६३ हजार ९०० रूपैयाँ कोभिड–१९ रोकथाम कोषमा जम्मा गरिएको संघीय संसद्का कार्यवहाक महासचिव गोपालनाथ योगीले देखापढीलाई बताए।
संसद्मा प्रतिनिधित्व गर्ने अन्य दल तथा सदस्यहरूले समेत कोषमा रकम जम्मा गर्ने बताएका छन्। तर, आजसम्म लिखित रूपमा प्राप्त रकमलाई मात्र कोषको खातामा दाखिला गरिएको उनले बताए।
रकम प्रदान गर्नेबारे संसद सचिवालयमा लिखित जानकारी प्राप्त भएको खण्डमा कोषको खातामा रकम दाखिला गर्दै जाने कार्यवहाक महासचिव योगीले बताए।

" /> काठमाडौं। कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा संघीय संसद्का सभामुख, अध्यक्ष, उपाध्यक्ष, सांसद र कर्मचारीहरूका तर्फबाट एक करोड एक लाख ३२ हजार ८०० रूपैयाँ सहयोग गरिएको छ।

">