थर्मल गन कालोबजारी गरेकाे आरोपमा शंकर ग्रुपका सञ्चालक अग्रवाल पक्राउ
<p>काठमाडौं। महानगरीय अपराध महाशाखाको टोलीले कालोबजारी गरेको आरोपमा शंकर ग्रुप र जगदम्बा स्टिल्सका सञ्चालक सुलभ अग्रवाललाई पक्राउ गरेको छ।</p>
<p>ज्वरो नाप्ने थर्मल गन बजार मूल्यभन्दा पाँच गुणा बढीमा बेच्ने गरेको आरोपमा उनलाई आज दिउँसो नक्सालबाट पक्राउ गरिएको हो।</p>
<p>महानगरीय अपराध महाशाखाका प्रवक्ता एसपी मुकेश सिंहका अनुसार उनले थर्मल गन १५ हजारसम्ममा बेच्ने गरेको खुलेको छ। “थर्मल गनको बजार मूल्य तीन हजारदेखि ६ हजारसम्म रहेछ”, उनले भने।</p>
<p>महँगो मूल्यमा थर्मल गन बेच्ने गरेको भन्ने सूचना पाएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। प्रहरीले अग्रवालविरुद्ध कालोबजारीअन्तर्गत मुद्दा चलाएर कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
