स्वास्थ्य मन्त्रालयलाई १० थान पोर्टेबल भेन्टिलेटर हस्तान्तरण

काठमाडौं। कोरोना भाइरस संक्रमण भएका बिरामीको उपचारको लागि साइमन्स इन्ष्टिच्युटले सरकारलाई १० थान पोर्टेबल भेन्टिलेटर उपलब्ध गराएको छ।

इन्ष्टिच्युटका कार्यकारी निर्देशक डा. अनिलबहादुर श्रेष्ठले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई आज मन्त्रालयमा १० थान भेन्टिलेटर उपलब्ध गराएका हुन्।

यसअघि पनि इन्ष्टिच्युटले स्वास्थ्य सेवा विभागसँगको समन्वयमा ४७ वटा अस्पतालहरूमा १ हजार थान पीपीइ सेट उपलब्ध गराएको थयो।

पोर्टेबल भेन्टिलेटर बुझ्दै मन्त्री ढकालले संकटका बेला सहयोग गरिएका स्वास्थ्य सामग्रीहरूको महत्व अझ धेरै हुने भन्दै आभार जनाए।

आज प्राप्त भेन्टिलेटरहरूमध्ये दुई थान सूदुरपश्चिम प्रदेशमा, दुई थान गण्डकी प्रदेश, दुई थान बुटवलमा पठाउने र चार थान काठमाडौंमा जगेडामा राखिने मन्त्री ढकालले बताए।

श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामीलाई सास फेर्न सहज बनाउने भएकाले भेन्टिलेटरलाई महत्वपूर्ण उपकरणको रूपमा लिइन्छ।

प्रतिक्रिया दिनुहोस्