मन्त्री बस्नेतले उपलब्ध गराए जाजरकोटमा स्वास्थ्य सामग्री

जाजरकोट। वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्‍नेतले निजी खर्चमा जाजरकोटमा स्वास्थ्य सामग्री प्रदान गरेका छन्।

मन्त्री बस्‍नेतका स्वकिय सचिव मुक्तिराज बस्‍नेतले प्रमुख जिल्ला अधिकारी जनकराज पन्तमार्फत् आज स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन्।

मन्त्री बस्‍नेतले बेड १२ सेट, एक सय सेट गज, थर्मल गन १० थान, पीपीई १४० थान, गाउन १० थान, मास्क एक हजार सात सय, डिटोल साबुन एक कार्टुन, चार सय ५० थान पञ्‍जा र डिटोलको झोल र ह्यान्ड वास दुई कार्टुन पठाएका हुन्।

स्वास्थ्य सामग्री बुझ्दै प्रजिअ पन्तले कोरोना भाइरसको संक्रमणका बेला मन्त्री बस्‍नेतको सहयोगले मनोबल उच्च भएको बताए।

आवश्यकताअनुसार जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहमा स्वास्थ्य सामग्री पठाइने उनले बताए।

प्रतिक्रिया दिनुहोस्