कोभिड-१९ परीक्षणका लागि नमूना संकलन गर्न हेलिकप्टरमा अछाम पुग्यो प्राविधिक टोली

कैलाली। कोभिड-१९ परीक्षणको लागि नमूना संकलन गर्न प्राविधिक टोली काठमाडौंबाट अछाम पुगेको छ।

नेपाली सेनाको हेलिकप्टरबाट आज बिहान साढे दश बजेतिर टोली अछामको बयालपाटा अस्पताल पुगेको हो।

अछामका अन्य तीन स्थानमा थ्रोट स्वाब संकलन गर्ने प्राविधिकहरू सामग्रीसहित हेलिकप्टरबाट आउने अछामका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए।

उनका अनुसार वयलपाटा अस्पताल, मंगलसेन नगरपालिका, चौरपाटी, वान्नीगढी जयगढ, मेल्लेख र रामारोशन गाउँपालिकाका क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको परीक्षणको लागि थ्रोट स्वाबको नमूना संकलनको तयारी छ।

अछाम सदरमुकाम मंगलसेनको क्वारेन्टाइनमा रहेका ५३ व्यक्तिको थ्रोट स्वाब संकलन गरिनेछ।

त्यस्तै कमलबजार, पन्चदेवल विनायक, तुर्माखाँद र ढकारी गाउँपालिकाबाट पनि नमूना संकलन गरी केन्द्रीय प्रयोशाला काठमाडौं पठाईने छ।

अहिले मंगलसेन र चार गाउँपालिकासमेतको कूल २०० जनाको नमूना परीक्षण गरिने भएको छ।

प्रतिक्रिया दिनुहोस्