अन्तर्राष्ट्रिय प्रदर्शनीमा नेपाली कलाकृति, विश्वले देख्नेछ हाम्रो संस्कृति काठमाडौं। नेपाल कला परिषद्ले भारतमा नेपालका आधुनिक कलाकृतिको प्रदर्शन गर्न लागेको छ। जी २०मुलुकहरूको सम्मेलनका अवसरमा साउन २२देखि असोज २०गतेसम्म आयोजना हुने ‘विहार म्युजियम वियनाल २०२३’अन्तर्राष्ट्रिय कार्यक्रममा परिषद्ले सो प्रदर्शनी गर्न लागेको जनाएको छ। उक्त कला प्रदर्शनीमा नेपालका विभिन्न ६६कलाकारका दुई सय पाँच उत्कृष्ट कलाकृति प्रदर्शन गराइने भएको छ। सो प्रदर्शनीमा नेपाल, भारतसँगै रसिया,इजरायल,कोष्टारिका,पनामाले पनि कला प्रदर्शनी गर्नेछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्