पूर्ण रुपमा सञ्चालनमा आयो रसुवागढी नाका काठमाडौं। रसुवागढी नाका शनिबारदेखि पूर्ण रुपमा सञ्चालनमा आएको छ। यसअघि आंशिक रूपमा आयात–निर्यात भए पनि ३८महिनादेखि मानिसको आवतजावत ठप्प थियो। शनिवारदेखि भने नाका पूर्णरुपमा सञ्चालनमा आएको हो। नेपाल–चीन सीमा व्यापार संयन्त्रको ल्हासामा मार्च २९ गते बैठक बसेको थियो। उक्त बैठकमा भएको सहमतिअनुसार नाका पूर्ण रूपमा सञ्चालनमा आएको हो। नाका पूर्ण रूपमा खुलेसँगै व्यापारी, व्यवसायी तथा सरोकारवाला उत्साहित भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्