सरकारको नयाँ व्यवस्था, अबदेखि ट्रेकिङमा जाँदा गाइड अनिवार्य काठमाडौं। शनिवार नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पदयात्री सूचना व्यवस्थापन प्रणालीको शुभारम्भ गरेका छन्। नेपालमा पदयात्रालाई सुरक्षित बनाउन, पदयात्रीको सेवा, सुविधा र सुरक्षालाई प्रत्याभुत गर्न यस्तो गरिएको हो। कार्यक्रमपछि कुरा गर्दै नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक धनञ्जय रेग्मीले आजबाट नेपाल पर्यटन बोर्डले ट्रेकिङ इन्फरमेशन म्यानेजमेण्ट सिस्टमलाई लिएर नयाँ नियम जारी गरेको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्