पशुपति क्षेत्रका अतिक्रमित संरचना हटाउन महानगरको निर्देशन काठमाडौं। पशुपति क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन काठमाडौं महानगरपालिकाले २४ घण्टाको अल्टिमेटम दिएको छ। महानगरपालिकाको अनुगमन टोलीले बिहीबार पशुपति क्षेत्रमा रहेका अतिक्रमित संरचना निरीक्षण गरेपछि ती संरचना हटाउन अल्टिमेटम दिएको हो।पशुपति क्षेत्र विकास कोषले फागुन १७ गते काठमाडौं महानगरपािलकाका मेयर बालेन्द्र शाहलाई अनधिकृत संरचना हटाइदिन आग्रह गर्दै पत्र पठाएको थियो। सोहीअनुसार महानगरले पशुपति क्षेत्र अनुगमन गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्