बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर तिर्दिन भन्न पाइन्नः डेपुटी गभर्नर मिश्र काठमाडौं, १९ फागुन। नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंक वित्तीय संस्थाबाट लिएको कर्जा नतिर्ने भन्दै दबाब समूह बनाउनु गलत भएको बताएका छन्। शुक्रवार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उनले लघुवित्त संस्थाका कर्मचारीमाथि कालोमोसो दल्ने समूह बनाउने कामले समाज विभाजित गर्ने जनाए। ‘बैंक वित्तीय संस्थाबाट लिएको कर्जा तिर्दिन भनेर सुख नै छैन । त्यसको परिकल्पना नगर्न आग्रह छ,’उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्