अन्ततः दुबई उडे सन्दीप काठमाडौं। अन्ततः क्रिकेटर सन्दीप लामिछाने त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्न दुबई उडेका छन्। नाबालिग बलात्कारको अभियोग लागेका उनलाई सोमबार सर्वोच्च अदालतले सशर्त विदेश जान अनुमति दिएको थियो ।लामिछानेले दुबईमा आयोजना भइरहेको नेपाल, युएई र पपुवा न्युगिनी सम्मिलित आईसीसी विश्वकप लिग –२ खेल्नका लागि सर्वोच्च अदालतमा निवेदन दिएका थिए। युएईमा सोमबारदेखि आईसीसी विश्वकम लीग २ सिरिज सुरु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्