इटलीको समुद्रमा डुङ्गा पल्टिदा ५९ जना आप्रवासीको मृत्यु काठमाडौं। दक्षिण इटालीको समुन्द्री तटमा प्रवासी कामदार बोकेको एउटा डुङ्गा पल्टिँदा ६० जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा १२ जना बालबालिका रहेका छन्। डुङ्गा डुब्दा दर्जनौं प्रवासी बेपत्ता भएको जनाइएको छ। टर्कीबाट कामदार लिएर आउँदै गर्दा समुन्द्रमा डुंगा दुई टुक्रा भई डुबेको थियो। डुंगामा अफगानिस्तान, पाकिस्तान, सोमालिया र इरानका नागरिक थिए। डुंगामा २ सयभन्दा बढी यात्रु रहेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्