छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। कोशी प्रदेशको मन्त्रिपरिषद् विस्तारबारे कांग्रेस र एमालेबीच छलफल भएको छ। संघीय सरकारविरुद्ध बागमती प्रदेशले सर्वोच्च अदालतमा रिट दर्ता गराएको छ। संयुक्त राष्ट्रसंघका महासचिवले नेपालमा जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउने बताएका छन्। नेकपा एमालेले गठबन्धनको सरकार रहेसम्म मुलुकको आर्थिक क्षेत्रमा सुधार नहुने बताएको छ। त्रिभुवन विमानस्थलमा कतारबाट ल्याएको २७ लाख रुपैयाँ बराबरको अवैध सुन बरामत गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्