छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। तस्करी छानबिनका लागि असोज ५गते उच्चस्तरिय आयोग बनाउन दलहरु सहमत भएसँगै संसद्को जारी अवरोध हटेको छ। कोशीका मुख्यमन्त्रीलाई पदमुक्त गराउन मागगर्दै एमालेले सर्वोच्च अदालतमा रिट दर्ता गराएको छ। एमाले अध्यक्ष केपी ओलीले झापाको गिरीबन्धु टी–स्टेट प्रकरणको छानबिन आवश्यक नरहेको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुनतस्करीमा दलका उच्चनेतादेखि,प्रहरी र पत्रकारसम्मको संलग्नता रहेको दाबी गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्