छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको छ। एमाले बाहिरिएसँगै ८ दलीय गठबन्धनले राष्ट्रपति चुनावअघि नै मन्त्रिपरिषद पुनर्गठनको तयारी गरेको छ। प्रधानमन्त्री प्रचण्डले सरकार सम्हालेको दुई महिनामै अर्थतन्त्रमा सुधार देखिएको दाबी गरेका छन्। मालपोत, राहदानीलगायतका सरकारी कार्यालय बिदाको दिन पनि खुल्ने भएका छन्। क्रिकेटर सन्दीप लामिछानेलाई विदेश गएर क्रिकेट खेल्न सर्वोच्च अदालतले अनुमति दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्