छुटाउनै नहुने आजका मुखय ११ खबर काठमाडौं। पोखरा विमान दुर्घटनाका मृतकको शव आफन्तलाई बुझाउन सुरु गरिएको छ। विमान दुर्घटनामा मृत्यु भएका विदेशी र सनाखत नभएका शवहरु काठमाडौं ल्याइने भएको छ। प्रधानमन्त्री प्रचण्डले सभामुखबारे कांग्रेससँग पनि छलफल हुने बताएका छन्। गृहमन्त्री रवी लामिछानेले सर्वोच्च अदालतमा लिखित जवाफ पेश गरेका छन्। लुम्बिनी प्रदेशसभाको सभामुखमा माओवादी केन्द्रका तुलाराम घर्तीको मात्रै उम्मेदवारी परेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्