छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछाने २० लाख धरौटीमा रिहा हुने भएका छन्। प्रतिनिधि सभाको सभामुख र उपसभामुख निर्वाचनबारे काँग्रेसले दलहरुसँग समन्वय गर्ने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको छ। एमाले परित्याग गरेका वामपन्थीनेता घनश्याम भुसाल भोलि नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गर्दैछन्। भ्रष्टाचारी ठहर भएका अख्तियारका पूर्वआयुक्त राजनारायण पाठक र घूस दिने लम्बोदर न्यौपानेलाई तीनवर्ष कैद सजाय सुनाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्