छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। प्रधानमन्त्री प्रचण्ड विश्वासको मत पाएसँगै मन्त्रिपरिषद् विस्तारको गृहकार्यमा जुटेका छन्। सातै प्रदेशले नयाँ मुख्यमन्त्री पाएका छन्। एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले विश्वासको मत दिंदैमा सत्ताधारी भन्न नपाइने बताएका छन्। गृहमन्त्री रवि लामिछानेले महोत्तरीका ‘फरार’ सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न निर्देशन दिएका छन्। विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर ५ दशमलव १ प्रतिशत रहने प्रक्षेपण गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्