छुटाउनै नहुने आजका मुख्य ११ खबर बडादसैँको पहिलो दिन आज नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको पूजाआराधना गर्दै घरघरमा घटस्थापनासहित जमरा राखियो। मनास्लु हिमालको आधार शिविरमा गएको हिमपहिरोले एकजनाको ज्यान गएको छ। असोज १६सम्ममा समानुपातिकतर्फको बन्दसूची सच्याइसक्न निर्वाचन आयोगले दलहरुलाई आग्रह गरेको छ। राष्ट्रिय फुटबल टिमको कप्तानमा पुनरागमन गर्दै बंगलादेशसँग भोलि हुने मैत्रीपूर्ण खेलको कप्तानी किरण चेम्जोङले गर्ने भएका छन्। सन्दीप लामिछानेविरुद्ध इन्टरपोलले ‘डिफ्युजन नोटिस’ जारी गर्यो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्