छुटाउनै नहुने आजका मुख्य ११ खबर राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि र राष्ट्रियसभाको चालू अधिवेशन अन्त्य गरेकी छिन्। समय अभावका कारण प्रतिनिधिसभाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाभियोग टुंग्याउन नभ्याउने भयो। अहिलेको निर्वाचित संसद्ले संविधान बचाएको प्रधानमन्त्री शेरबहादुर देउवाले दाबी गरेका छन्। नागरिकताको विषयमा गठबन्धनले एमालेविरुद्ध राजनीति गर्न खोजेको केपी ओलीले आरोप लगाए। युवापुस्ताको विद्रोहले राजनीतिक शक्तिमाथि चुनौति खडा गरेको नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्