छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं।नेपाल भ्रमणमा रहेका चिनियाँ नेता लिउ जियान्चाओले एकीकृत समाजवादी र एमाले नेताहरुसँग भेटवार्ता गरेका छन्।संसदीय समितिले अर्थमन्त्री प्रकरणमा अर्थमन्त्रालयबाट कागजात मगाउने निर्णय गरेको छ। डा.बाबुराम भट्टराईले जसपा अध्यक्ष उपेन्द्र यादवले पार्टी कब्जा गर्न खोजेको आरोप लगाएका छन्। निर्वाचन आयोगले फरक विधान पेश गरेको उजुरीपछि राप्रपालाई पत्र काटेको छ। कांग्रेसले पार्टीका पदाधिकारी र सदस्यको मर्यादाक्रम प्रस्ताव गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्