छुटाउनै नहुने आजका मुख्य ११ खबर भ्रष्टाचार र अराजकता मच्चाएको आरोप लगाउँदै अर्थमन्त्रीमाथि संसदीय छानबिन गर्न एमाले अध्यक्ष केपी ओलीले माग गरेका छन्। काँग्रेस इमान्दार र गम्भीर नभएको आरोपसहितका प्रचण्डको प्रतिवेदनमाथि माओवादी बैठकमा छलफल भएको छ। छिट्टै इन्धन आपूर्तिमा समस्या देखिनसक्ने भन्दै आयल निगमले सरकारलाई १० बुँदे विकल्पसहितको पत्र पठाएको छ। सामाजिक सुरक्षा कोषमा आवद्ध श्रमिकले देशभरका २६ अस्पतालमा परिचयपत्र देखाएर निःशुल्क उपचार पाउने भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्