छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। एसपीपीमा आबद्ध नहुने निर्णय परराष्ट्र मन्त्रालयमार्फत अमेरिकालाई पठाइएको गृहमन्त्री बालकृष्ण खाँणले बताए।काठमाडौंका चार ठाउँको धारा र इनारमा हैजाको जीवाणु भेटियो। टेलिफोन संवाद छानबिन गर्न समिति बनेपछि घुसकाण्डका आरोपित जिल्ला न्यायाधीश राजकुमार कोइराला निलम्बनमा परेका छन्। सोमबार हेर्दाहेर्दैमा सकिएको आईजीपी नियुक्ति विरुद्धको मुद्दाको अर्को सुनुवाई असार १९ गते हुनेछ। एकीकृत समाजवादी (एस)का नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्