छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। सरकारले पेट्रोल लिटरमा २० र डिजेलमा २९ रुपैयाँ मूल्य घटाएको छ। एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले व्यक्तिवादले शक्ति आर्जन गरेकाले एमालेले अहंकार देखाएको आरोप लगाएका छन्। एमाले महासचिव शंकर पोखरेलले गठबन्धनको सरकारले देश बनाउनै नसक्ने ठोकुवा गरेका छन्।माओवादी केन्द्रका नेता वर्षमान पुनले आउने निर्वाचनमा कांग्रेसको चलाखी नचल्ने चेतावनी दिएका छन्।यातनाविरुद्धको अधिकार सुनिश्चित गर्न मानव अधिकार आयोगले आग्रह गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्