छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। सत्तारुढ गठबन्धनको बैठकले नागरिकता विधेयक अगाडि बढाउने निर्णय गरेको छ। सञ्चारकर्मी रवि लामिछाने पार्टी खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ। रासायनिक मल अभाव र इन्धनको मुल्यवृद्धिविरुद्ध माइतीघरमा किसानहरुले प्रदर्शन गरेका छन्। न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच घूस लेनदेनको अडियो सार्वजनिक भएपछि छानबिन गर्न समिति गठन गरिएको छ। नेप्से परिसूचक ३१.२१ अंकले घटेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्