छुटाउनै नहुने आजका मुख्य ११ खबर
काठमाडौं। शुक्रवार राति १२ बजेदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ। चुनावको माहौल बनाउन सत्तारुढ गठबन्धनले संयुक्त विज्ञप्ति जारी गर्ने भएको छ। एमाले अध्यक्ष केपी ओलीले एकीकृत समाजवादीलाई तीन सिट ल्याएर देखाउन चुनौती दिएका छन्। खुलामञ्चमा राप्रपाले शक्ति प्रदर्शन गरेको छ। नेपाल बारको निर्वाचनमा सत्तारुढ गठबन्धनले ‘क्लिन स्वीप’ गरेको छ। १२ जना कोरोना संक्रमित थपिँदा ८९ जना भए निको भएकाछन्।
प्रतिक्रिया दिनुहोस्
