कतै छुटाउनु त भएन, आज दिनभरका मुख्य ११ खबर काठमाडौं। नेकपा माओवादी केन्द्रको ८औं राष्ट्रिय महाधिवेशन आइतवारदेखि शुरु भएको छ। एमसीसी सम्झौता राष्ट्रघाती नभएको प्रधानमन्त्री शेरबहादुर देउवाले जिकिर गरेका छन्। सरकार ढाल्नेको हिसाबकिताब आगामी चुनावमा हुने एमाले अध्यक्ष केपी ओलीले बताएका छन्। एमालेसँग भएको पार्टी एकता गल्ती नभएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दावी गरेका छन्। थप २१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नेप्से परिसूचक ७१.२१ अंकले बढेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्