छुटाउन नहुने आजका मुख्य ११ खबर काठमाडौं। आज मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन उधौली, धान्य र योमरी पूर्णिमा मनाइएको छ। एमाले अनुपस्थित भएपछि सर्वदलीय बैठक एमसीसी सम्झौताबारे बिना निष्कर्ष सकिएको छ। कांग्रेसको खुलातर्फको केन्द्रीय सदस्यको मतगणना अन्तिम चरणमा पुगेको छ। चितवन बाँदरझुलाका सुकुम्बासी लालपुर्जा माग्दै काठमाडौंमा आइ प्रदर्शन गरेका छन्। थप १८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बालबालिकालाई विद्यालयमै कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्