निम्न आय भएका मानिसहरुलाई जीवन निर्वाहमा नै कठिन : पूर्व अध्यक्ष, बज्राचार्य
खुद्रा व्यापार संघका पूर्व अध्यक्ष पवित्रमान बज्राचार्यले असार १ गतेदेखि लकडाउन खुला गर्नुपर्ने बताएका छन् । व्यापार व्यवसायमा समस्या परेको र निम्न आय भएका मानिसहरुलाई जीवन निर्वाहमा कठिन भएकाले सरकारले सोच विचार गरी लकडाउनलाई खुकुलो गर्नुपर्नेमा उनको जोड छ । निषेधाज्ञाको कारण घरभित्र रहेका जनताहरुमा उकुस–मुकुस हुन थालेको र जीवनयापन असहज बन्दै गएकाले लकडाउन खुला गर्नुपर्ने उनले बताए ।
प्रतिक्रिया दिनुहोस्