काठमाडौं उपत्यकामा निषेधाज्ञालाई खुकुलो बनाउनुपर्छ : मेयर, शाक्य काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले लकडाउनलाई केही खुकुलो बनाउने बताएका छन् । काठमाडौं उपत्यका भित्रिने र बाहिरिने नाकाहरुमा चेकजाँचलाई कडाइ गरेर जनजीवन सुचारु गर्ने उनको भनाई छ । चरणबद्ध रुपमा निषेधाज्ञालाई खुकुलो बनाउँदै लैजान सकिने मेयर शाक्यले बताए । स्वास्थ्य सुरक्षा अपनाएर जनजीवनलाई नियमित गर्नुपर्ने आवाज उठ्न थालेपछि महानगरपालिका निषेधाज्ञा खुकुलो बनाउने निर्णयमा पुगेको मेयरले बताए ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्