एक डोको माटो र एक डोको ढुंगा हामी चुरेबाट उत्खनन् गर्दैनौँ,पौडेल
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सिद्धबाबाको डाँडाँ नकाटिने बताएका छन् । नेपाल वातावरण पत्रकार समूहले ‘ढुंगा, गिट्टी र वालुवाको निर्यात गर्ने नीति कति जायज’ भन्ने विषयको कार्यक्रममा बोल्दै पौडेलले सिद्धबाबाको डाँडाँ काटेर त्यहाँको यात्रालाई सहज बनाउन भनिएपनि आफुले त्यसको विरोध गर्दै चुरे संरक्षणको महत्वलाई स्थापित गर्न पहल गरेको बताए । सरकारले चुरे क्षेत्रमा कुनैपनि प्रकारको हस्तक्षेप गर्न नदिने बताए ।
प्रतिक्रिया दिनुहोस्