शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण दिने प्रवन्ध आगामी आर्थिक वर्ष देखि कार्यान्वयनमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट सुनाउनको लागि मात्रै नभई कार्यान्वयनको लागि ल्याइएको बताएका छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थीसँग कुरा गर्दै पौडेलले शैक्षिक प्रमाणपत्र धितो राखी विद्यार्थीलाई कर्जा दिनको लागि साउन १ गतेदेखिनै बजेट कार्यान्वयनलाई तिव्रता दिइने बताए । शैक्षिक सुधार कार्यक्रम अर्न्तगत १५ सय विद्यालयको निर्माण र स्थानीय तहमा प्राविधिक शिक्षालय स्थापना गर्ने कार्यक्रम अगाडी बढ्ने उनले बताए ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्